नागरिक लगानी कोषको सेयरमूल्य समायोजन

Aug 13, 2017 merolagani

नागरिक लगानी कोषको सेयरमूल्य समायोजन भएको छ । कोषले आर्थिक बर्ष मा कमाएको नाफाबाट वितरण गरेको २१ दशमलव ८५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले २१ दशमलव ८५ प्रतिशत बोनस सेयरपछि कम्पनीको समायोजित सेयरमूल्य ३८८२ रुपैयाँ कायम भएको जनाएको छ । जसको १८० दिनको सेयरमूलयलाई आधार मान्दा औसत आधार मूल्य ३३१८ रुपैयाँ रहेको छ । कम्पनीको सेयर ४७३० रुपैयाँमा विहीबार अन्तिम पटक कारोबार भएर बन्द भएको थियो ।

नागरिक लगानी कोषको २१ दशमलव ८५ प्रतिशत बोनस साउन २६ गतेसम्म सेयर किनेका लगानीकर्ताले मात्र प्राप्त गर्नेछन् । कोषले भदौ १६ गते शुक्रबार नेपाल पर्यटन र्बोड भृकुटीमण्डपमा विहान ११ बजे २१ औं बार्षिक साधारण सभा बोलाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।