पोखरा फाइनान्सको एफपिओको बिक्री खुल्यो, भदौ १ गतेसम्म आस्बाबाट गर्नुहोस् आवेदन

Aug 13, 2017 merolagani

पोखरा फाइनान्सले साउन २९ आईतबारदेखि एफपिओ बिक्री खु्ला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम थप गरी २२० का दरले ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ निष्कासन गरेको हो ।

फाइनान्सको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले आस्बा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट एफपिओमा आवेदन गर्न सक्नेछन् । 

 एफपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइनेछ । अहिले दोस्रो बजारमा फाइनान्सको प्रतिकित्ता सेयरमूल्य २५२ रुपैयाँको हाराहारीमा रहेको छ ।

हाल फाइनान्सको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ छ ।  एफपिओ बिक्रीपछि फाइनान्सको चुक्ता पूँजी ६५ करोड ५७ लाख पुग्नेछ । फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५० पैसा छ ।

कम्पनीले संस्थापक तथा साधारण सेयरको अनुपात ५१:४९ कायम गर्न  एफपिओ जारी गरेको हो ।

 एफपिओ जारी गरेपछि कम्पनीले कायम हुने पूँजीको १५ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव समेत २० औ बार्षिक साधारणसभाबाट पारित गराईसकेको छ । हकप्रद पश्चात कम्पनीको पूँजी ७५ करोड नाघ्नेछ ।

 चालु आर्थिक बर्षको बोनसबाट कम्पनीले ८० करोड चुक्तापूँजी पुर्याउने योजना बनाएको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।