महालक्ष्मी विकास बैंकको कारोबार खुल्यो

Aug 13, 2017 merolagani

महालक्ष्मी विकास बैंकको सेयर कारोबार आईतबारदेखि खुला भएको छ । महालक्ष्मी विकास बैंक र यति डेभलपमेन्ट बैंकको मर्जर प्रकृया पुरा भएपछि सेयर कारोबार खुला भएको हो । बैंकको सेयर कारोबार एमएलबिएल (MLBL) संकेतमा हुनेछ ।

यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक मर्जर प्रकृयामा रहेका कारण दुबै बैंकको सेयर कारोबार २०७३ चैत १ गतेदेखि रोकिएको थियो । बैंकको सेयर कारोबार २२८ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

गत असार १८ गतेदेखि मर्जर पुरा गरी महालक्ष्मी विकास बैंकको नामबाट एकीकृत कारोबार थालेका हुन् । मर्जर प्रकृया सकिएको १५ दिनभित्र सेयर कारोबार खुला गर्नुपर्ने धितोपत्र बोर्डले व्यवस्था गरेपनि बैंकको सेयर कारोबार एक महिनापछि खुला भएको हो ।

 

मर्जर पछि बनेको महालक्ष्मी विकास बैंक बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड, निक्षेप २३ अर्ब ८४ करोड, कर्जा लगानी १९ अर्ब ९७ करोड शाखा संख्या ६५ तथा ग्राहक संख्या ३ लाख ४५ हजार पुगेको छ ।

महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स एक आपसमा मर्ज भई बनेकाे महालक्ष्मी विकासले राष्ट्र बैंकले तोकेको दुई अर्ब ५० करोड पूँजी पुर्याउन मनकामना विकास बैंक, यति फाइनान्स र भ्याली फाइनान्स मर्ज भएर बनेको यति डेभलपमेण्ट बैंकको साथ लिएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।