हिमालयन बैंकको खुद नाफा दुई अर्ब नाघ्यो, प्रतिसेयर आम्दानी कति ?

Aug 13, 2017 Merolagani

हिमालयन बैंक (HBL) ले गत आर्थिक वर्षमा दुई अर्ब १७ करोड ६४ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको अन्त्यमा एक अर्ब ९३ करोड ५९ लाख साठ हजार रुपैंया खुद नाफा कमाएको थियो । बैंकले समीक्षा अवधिमा खुद नाफा १२ दशमलव ४३ प्रतिशतले बढाएको हो ।

निक्षेप तथा कर्जाको आकार बढाएको बैंकले खुद व्याज आम्दानी नौ प्रतिशतले बढाएर तीन अर्ब ७६ करोड रुपैंया पुर्याएको छ । ९२ अर्ब ८८ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७७ अर्ब ६५ करोड ४९ लाख रुपैंया कर्जा प्रवाह गरेको छ । यस क्रममा बैंकले निष्कृय कर्जा अनुपात १.२३ प्रतिशतबाट ०.८७ प्रतिशतमा झारेको छ ।
बैंकले ९१ करोड ५२ लाख ५७ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने संभावित जोखिमका लागि ८१ करोड ७३ लाख २७ हजार रुपैयाँ सुरक्षित गरेको छ ।

चुक्ता पूँजी छ अर्ब ४९ करोड १६ लाख २४ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २७ करोड ४४ लाख ६१ हजार रुपैयाँ सञ्चित छ । बैंकको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ५३ पैसा तथा प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ २५ पैसा कायम भएको छ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले डेढ अर्ब रुपैंया बराबरको बोनस बितरण गर्नु पर्ने हुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।