दोब्बर बढीले पूँजी बढ्दा नेको इन्स्योरेन्सको प्रतिसेयर आम्दानी कति ?

Aug 13, 2017 Merolagani

गत आर्थिक वर्षमा चुक्ता पूँजी दोब्बर बढीले बढाएको नेको इन्स्योरेन्स (NIL) ले प्रति सेयर आम्दानी सन्तुलन गर्ने भरपु्र प्रयास गरेको छ । अघिल्लो आर्थिक वर्षमा ३७ रुपैंया ५१ पैसा रहेको प्रतिसेयर आम्दानीलाई बैंकले पूँजी बढ्दा पनि २९ रुपैंया ४६ पैसा कायम गरेको छ ।

इन्स्यारेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २१ करोड ८७ हजार रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले १२ करोड १५ लाख ७६ हजार रुपैंया मात्र खुद नाफा कमाएको थियो ।

अघिल्लो आर्थिक वर्षमा ३२ करोड ४० लाख ४३ हजार रुपैंया रहेको चुक्ता पूँजीलाई इन्स्योरेन्सले ७१ करोड २८ लाख ९५ हजार रुपैंया पुर्याएको छ । खुद बीमा शुल्क आर्जनको रकम झण्डै दाेब्बरले बढाएको इन्स्योरेन्सको अन्य आय शिर्षक पनि बढेका छन् ।

एक हजार दुई सय ४२ वटा बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ एक सय ७३ रुपैंया ११ पैसा छ । मूल्य आम्दानी अनुपात ३३.३० गुणाले बढी रहेको इन्स्योरेन्सको बीमा कोषमा २८ करोड ५१ लाख ३७ हजार रुपैंया सञ्चित छ ।

नेकोले ४० करोड ९१ लाख रुपैंयाको कुल बीमा दाबी भुक्तानी गरेको छ भने ३० करोड १४ लाख रुपैंयाको कुल बीमा दाबी भुक्तानी गर्न बाँकी छ । इन्स्योरेन्सको वित्तीय विबरणमा प्राविधिक कारणले कुल बीमा दाबी भुक्तानी गर्न बाँकी र भुक्तान भएको विबरण धेरै भएको बताएको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।