एक अर्ब १५ करोड चुक्ता कम्पनीको जगेडाकोषमा ६ करोड २४ लाख सञ्चिति छ । एक अर्ब रूपैयाँ बढी लामो समयका लागि लिएको ऋणमध्ये कम्पनीले १९ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ ।
कम्पनीको विद्युत विक्रीबाट हुने आम्दानी भने सामान्य रुपमा बढेको छ । आर्थिक बर्षमा २०७३/७४ मा कम्पनीले ३० करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ अघिल्लो बर्ष २७ करोड ४८ लाख रुपैयाँ रहेको थियो । प्राविधिक कारणले विद्युत उत्पादन बढाउन नसक्दा विद्युत विक्रीबाट हुने आम्दानीमा कमी आएको कम्पनीले जनाएको छ ।
यस बर्ष आयोजना मर्मत सम्भार र साधारण सेयर निष्कासन खर्चका कारण पनि नाफामा कमी देखिएको कम्पनीको भनाई छ । उसको सञ्चालन आम्दानी ५५ लाख २६ हजार रहेको छ ।
युनाइटेड मोदीले साढे १० मेगावाटको तल्लोमोदी २ आयोजना निर्माण गरिरहेको छ । जसका लागि कम्पनीले आयोजनाको सिभिल निर्माणका लागि बोलपत्र आब्हान समेत गरिसकेको छ ।
जलविद्युत कम्पनीले गत फागुनमा १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ४.२४ रुपैयाँ तथा प्रतिसेयर नेटवर्थ १०५.४२ रुपैयाँ रहेको छ ।