तीन वटा मध्ये झापाको एक्सेल डेभलपमेण्ट बैंकले सबैभन्दा धेरै खुद नाफा कमाएको वित्तीय विबरण निकालेको हो । उसको कमाईको वृद्धि अनुपात पनि अरुको भन्दा धेरै छ । एक्सेलले १५ करोड २६ लाख ७४ हजार रुपैंया खुद नाफा कमाएको छ । उसले अघिल्लो आर्थिक वर्षमा नौ करोड ९८ लाख ४० हजार रुपैंया खुद नाफा कमाएको थियो ।
त्यसै गरी धरानको मितेरी डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षमा १२ करोड ११ लाख ६० हजार रुपैंया खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा नौ करोड ७२ लाख २७ हजार रुपैंया खुद नाफा कमाएको थियो ।
कञ्चन डेभलपमेण्ट बैंकले भने गत आर्थिक वर्षमा सात करोड ३४ लाख ८० हजार रुपैंया मात्र खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा कञ्चनले छ करोड २० लाख ११ हजार रुपैंया खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा एक्सेलले खुद नाफा पाँच करोड २८ लाख ३४ हजार रुपैंयाले बढाएको हो । मितेरीले खुद नाफामा दुई करोड ३९ लाख ३३ हजार रुपैंयाको बढोत्तरी गरेको हो । कमाई वृद्धिमा कमजोर देखिएको कञ्चनले समीक्षा अवधिमा खनुद नाफा एक करोड १४ लाख ६९ हजार रुपैंयाले मात्र बढाउन सकेको हो ।
एक्सेलको चुक्ता पूँजी ३८ करोड ४५ लाख ६२ हजार रुपैंया छ भने मितेरीको पनि ३८ करोड दुई लाख ९३ हजार रुपैंया छ । ३० प्रतिशत हकप्रद निष्काशन गरिसकेर पूँजीकरण गराई नसकेको कञ्चनको चुक्ता पूँजी ३४ करोड ६५ लाख रुपैंया छ । हकप्रद पूँजीकरण पश्चात उसको चुक्ता पूँजी ४५ करोड रुपैंया नाघ्नेछ ।
जगेडा कोषका आधारमा हेर्दा पनि एक्सेल पहिलो स्थानमा छ । उसको जगेडा कोषमा २३ करोड ३३ लाख ५८ हजार रुपैंया सञ्चित छ । दोस्रो मितेरीको जगेडामा २१ करोड ३९ लाख रुपैंया सञ्चित छ भने कञ्चनकोको जगेडामा १० करोड ९४ लाख ४६ हजार रुपैंया मात्र सञ्चित छ ।
प्रतिसेयर आम्दानीका आधारमा हेर्दा पनि एक्सेल पहिलो बनेको छ । उसको प्रतिसेयर आम्दानी ३९ रुपैंया ७० पैसा हुँदा मितेरीको ३१ रुपैंया ८६ पैसा तथा कञ्चनको २१ रुपैंया २१ पैसा छ ।
निष्कृय कर्जा अनुपातका आधारमा भने मितेरीको अवस्था उत्कृट छ । उसको निष्कृय कर्जा अनुपात शुन्य प्रतिशत छ भने दोस्रो बनेको कञ्चनको ०.९९ प्रतिशत तथा तेस्रो एक्सेलको १.०२ प्रतिशत रहेको छ ।
आइतबार सेयर बजारमा एक्सेलको प्रतिकित्ता सेयर ७१४ रुपैंयामा किनबेच भएको छ । मितेरीको प्रतिकित्ता सेयर ५६४ रुपैंयामा किनबेच हुँदा कञ्चनको २८० रुपैंयामा सेयर कारोबार हुन सकेन ।