समस्याग्रस्त अवस्थाको ललितपुर फाइनान्सले कमायो १२ करोड ५३ लाख

Aug 13, 2017 merolagani

राष्ट्र बैंकबाट समस्याग्रस्त सुचिमा रहेको ललितपुर फाइनान्सले गत आर्थिक बर्षमा १२ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो बर्ष कम्पनीको खुद नाफा ५ करोड ८७ लाख थियो । तर फाइनान्स कम्पनीकाे जगेडा काेष भने अझै १० करोड ५० लाख रूपैयाँ घाटामा रहेकाे छ । 

राष्ट्र बैंकबाट समस्याग्रस्त सुचिबाट हट्ने अन्तिम तयारीमा रहेको कम्पनीले खुद व्याज आम्दानी उलेख्य रुपमा वृद्धि गरेपछि समग्र नाफा बढ्न पुगेको छ । उसले ३ करोड ४४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । यो अघिल्लो बर्ष रहेको २१ लाख १५ हजारको तुलनामा १५ गुणा भन्दा बढी हो ।

यता फाइनान्स कम्पनीको जगेडा कोष झण्डै ८ करोड धनात्मक बनाउँदा समेत अझै १० करोड ५० लाख ऋणात्मक हुनु तथा खराब कर्जा परिचालनका कारण निष्कृय कर्जा अनुपात कर्जाको अनुपात ७५.२१ प्रतिशतबाट बढेर ९९.४० प्रतिशत पुगेकाले कम्पनीले अब थप कर्जा उठाउने सम्भांवना अत्यन्त थोरै रहेको देखाउँछ । फाइनान्स व्यवस्थापनले कम्पनीका अन्य धेरै सूचकहरुमा भने सुधार गर्दे लगेको छ । 

अघिल्लो वर्ष १८ करोड ६६ लाख सञ्चालन घाटामा रहेको फाइनान्स कम्पनीले समीक्षा अवधिमा आईपुग्दा १ करोड ४८ लाख सञ्चालन नाफा कमाउन सफल भएको छ । यस अवधिमा उसले ७ करोड ८९ लाख रुपैयाँ संम्भावित जोखिम कोषबाट रकम फिर्ता गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ७० पैसा, प्रति सेयर नेटवर्थ ४४.१० रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ४४.१० रुपैयाँ रहनुले कम्पनीको अवस्था अझै निकै कमजोर रहेको संकेत गर्दछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।