गतबर्ष कम्पनीले ११ अर्व ९६ करोड ८ लाख ९१ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । अघिल्लो बर्ष कम्पनीले ११ अर्व ६३ करोड १३ लाख ८० हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो । कम्पनीले अघिल्लो बर्षको भन्दा विद्युत बिक्रीबाट २३ करोड बढी आम्दानी गरेको छ ।
विद्युत बिक्रीबाट हुने आम्दानी बढेपनि अन्य आम्दानी तथा ब्याज आम्दानी भने घटेको छ । कम्पनीको विद्युत बिक्रीको आयमा २.९ प्रतिशतले वृद्धि भएको छ भने ब्याज तथा अन्य आम्दानी ४५.२३ प्रतिशतले खुम्चिदा नाफामा उल्लेखीय बढोत्तरी हुन सकेन ।
यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी केही घटेको छ । अघिल्लो बर्ष २९.८५ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको कम्पनीको गत आर्थिकबर्षमा प्रतिसेयर आम्दानी २८.०३ रुपैयाँ कायम भएको छ ।
कम्पनीको सेयर पूँजी तीन अर्ब ४४ करोड रहेको छ भने जगेडामा चार अर्ब ९३ करोड छ । कम्पनीका कुल २७० मेगावाट क्षमताका चार जलविद्युत आयोजना निमार्णका क्रममा रहेका छन ।