चार कम्पनी एक्वायर गरेको कुमारीको नाफा ७० करोड

Aug 14, 2017 merolagani

कुमारी बैंक (KBL) ले गत आर्थिक वर्षमा ७० करोड रुपैयाँ नाफा गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १ करोड रुपैयाँ कम हो । गत आर्थिक वर्षमा कुमारीले काष्ठमाण्ड डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविकार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गरेको थियो ।



बैंकले आफूले एक्वायर गरेका बैंकहरुले कमाएको वर्षभरीको नाफा वित्तीय विवरणमा उल्लेख गर्न नसक्दा नाफा कम देखिएको हो । कुमारीले चार कम्पनी एक्वायर गर गत असार १६ गतेबाट एकिकृत कारोबार थालेको थियो । यो वित्तीय विवरणमा ती चार कम्पनीको असार १५ अगाडिको नाफा घाटा समावेश छैन । असार १५ यता एक्वायर भएका चार कम्पनीले ६ करोड ६० लाख नाफा कमाएको बैंकले जनाएको छ । 

मर्जरपछि बैंकको रिजर्भ भने ह्वात्तै बढेको छ । अर्कातर्फ बैंकको खराब कर्जा असुलीमा कमी आउँदा खराब कर्जा समेत केही बढ्न गएको छ ।

चार कम्पनीलाई एक्वायर गरेको कुमारी बैंकले तीन अर्ब २६ करोड रुपैयाँको चुक्ता पूँजी ५ अर्ब ९६ करोड रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा दुई अर्ब ११ करोड रुपैयाँ राखेको छ । अघिल्लो आर्थिक वर्षको बैंकको रिजर्भ ७६ करोड ७६ लाख रुपैयाँ थियो ।

बैंकले गत आर्थिक बर्षमा ५२ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब १९ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

बैंकको खराब कर्जा १.८६ प्रतिशत, पूँजी कोष अनुपात ११.६९ प्रतिशत छ । बैंकको प्रति शेयर आम्दानी ११ रुपैया ७१ पैसा रहेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।