मञ्जुश्री फाइनान्सको खुद नाफा ९४ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी के भयो ?

Aug 14, 2017 Merolagani

मन्जुश्री फाइनान्स (MFIL) ले गत बर्ष ९४.३९ प्रतिशत नाफा वृद्धि गरेको बित्तीय बिवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा फाइनान्सले ३ करोड ३० लाख रुपैंयाको खुद नाफालाई बढाएर ६ करोड ४२ लाख पु¥याएको छ । कमाईभन्दा पूँजी धेरै बढेका कारण फाइनान्सको प्रतिसेयर आम्दानीमा संकुचन आएको छ ।

अघिल्लो बर्ष २५ करोड ६ लाख चुक्ता पूँजी रहेकोमा अहिले फाइनान्सको चुक्ता पूँजी ७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ पुगेको छ । फाइनान्सको चुक्ता पूँजी एक सय ८९ प्रतिशतले बढेको हो । खुद नाफा ९४.३९ प्रतिशतले मात्र बढ्दा चुक्ता पूँजी अधिक बढेकाे कारण नै फाइनान्सको प्रतिसेयर आम्दानी खस्किएको हो ।

जसका कारण अघिल्लो आर्थिक वर्षमा १३ रुपैंया १९ पैसा रहेको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षमा आठ रुपैंया ८८ पैसामा खुम्चिएको हो ।

समीक्षा अवधिमा झण्डै पाँच करोड रुपैंयाँले खुद व्याज आम्दानी बढाएको फाइनान्सको निष्कृय कर्जा अनुपात घटेको छ । यसरी निक्षेप तथा कर्जाको आकार बढाउँदा फाइनान्सको निष्कृय कर्जा अनुपात ३.५७ प्रतिशतबाट १.९८ प्रतिशतमा झरेको हो ।

फाइनान्सको जगेडा कोषमा नौ करोड ७७ लाख १७ हजार रुपैयाँ सञ्चित हुँदा प्रतिसेयर नेटवर्थ एक सय १३ रुपैंया ४९ पैसा कायम भएको छ ।

केही समय अघि मात्र फाइनान्सले एक सय ७५ प्रतिशत हकप्रद बेचेर पूँजी बढाएको थियो । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन उसलाई अझै ११ प्रतिशत हाराहारीमा बोनस बितरण गर्नुपर्ने हुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।