६ वटा माइक्रोेफाइनान्सको यस्तो देखियो प्रतिस्पर्धा

Aug 14, 2017 merolagani

गत आर्थिक बर्षको बित्तीय बिवरण पस्केका लघुवित्त कम्पनीमध्ये सबैभन्दा बढी डिप्रोक्स लघुवित्तले कमाई गर्दा सिभिल लघुवित्तले सबैभन्दा कम खुद नाफा कमाएको छ । जगेडाकोषको आधारमा रुरल माईक्रोफाइनान्स अब्बल बन्दा  सिभिल लघुवित्त नै कमजोर सावित बनेको छ । निष्कृय कर्जाका आधारमा रुरल माईक्रोको शून्य हुँदा  मिथिला लघुवित्तको सबैभन्दा बढी रहेको छ । 

डिप्रोक्स लघुवित्तले गत आर्थिक बर्षमा सबैभन्दा बढी २६ करोड २९ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३८ पैसा कायम गरेको छ । ६० करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी तथा जगेडा कोषमा ४५ करोड १९ लाख रुपैयाँ सञ्चित रहेको डिप्रोक्सको प्रतिसेयर नेटवर्थ १७४.५७ रुपैयाँ रहेको छ । कम्पनीको निष्कृय कर्जा अनुपात शून्य दशमलव ७२ प्रतिशत र मूल्य आम्दानी अनुपात २९.५१ गुणा रहेको छ । 

त्यस्तै स्वाबलम्बन लघुवित्तले गत आर्थिक बर्षमा २५ करोड तीन लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ७६ पैसा कायम गरेको छ । ४१ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी तथा जगेडाकोषमा ७२ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको स्वाबलम्बन लघुवित्तको प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ रहेको छ । कम्पनीको निष्कृय कर्जा अनुपात शून्य दशमलव ६७ प्रतिशत र मूल्य आम्दानी अनुपात ३०.३७ गुणा रहेको छ ।

चुक्ता पूँजी भन्दा झण्डै दोब्बर जगेडाकोष बनाएको रुरल माईक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको चसक्ता पूँजी ६९ करोड २१ लाख तथा जगेडा कोष एक अर्ब ३१ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीले २१ करोड १३ लाख रुपैयाँ खुद नाफा गर्दे प्रतिसेयर आम्दानी ३० रुपैयाँ ५४ पैसा कायम गरेको छ । कम्पनीको निष्कृय कर्जा अनुपात शून्य प्रतिशत र मूल्य आम्दानी अनुपात २५.३८ गुणा रहेको छ ।

त्यस्तै सिभिल लघुवित्तले गत आर्थिक बर्षमा ६२ लाख ७४ हजार खुद नाफा कमाएर प्रतिसेयर आम्दानी पाँच रुपैयाँ ९८ पैसा कायम गरेको छ । १० करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी तथा जगेडाकोषमा १८ लाख ६५ हजार रुपैयाँ सञ्चित रहेको स्वाबलम्बन लघुवित्तको प्रतिसेयर नेटवर्थ १०१.७८ रुपैयाँ रहेको छ । कम्पनीको निष्कृय कर्जा अनुपात शून्य दशमलव ५९ प्रतिशत र मूल्य आम्दानी अनुपात २१९.२३ गुणा रहेको छ ।

११ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको आरएसडिसी लघुवित्तको जगेडा कोषमा दुई करोड ७८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा कम्पनीले एक करोड ९६ लाख रुपैयाँ खुद नाफा गर्दे प्रतिसेयर आम्दानी १७ रुपैयाँ १२ पैसा कायम गरेको छ । कम्पनीको निष्कृय कर्जा अनुपात शून्य दशमलव ०१ प्रतिशत र मूल्य आम्दानी अनुपात १७२.३२ गुणा रहेको छ । जुन आम्दानीको अनुपातमा मूल्य अत्यन्तै धेरै हो ।

उता पाँच करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको मिथिला लघुवित्तको जगेडा कोषमा दुई करोड ७७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षमा कम्पनीले ८५ लाख नौं हजार रुपैयाँ खुद नाफा गर्दे प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८३ पैसा कायम गरेको छ । कम्पनीको निष्कृय कर्जा अनुपात सबैभन्दा बढी तीन दशमलव २० प्रतिशत र मूल्य आम्दानी अनुपात ८२.८२ गुणा धेरै रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।