सोल्टी होटलको नाफा १२६ प्रतिशतले बढ्यो

Aug 15, 2017 MEROLAGANI

सोल्टी होटल (SHL) ले गत आर्थिक बर्षमा १८ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ ।होटलको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा १२६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक बर्षमा सोल्टीले ८ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।



गत आर्थिक बर्षमा होटलले एक अर्ब ५७ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष पर्यटकीय आगमनमा सुधार भएसँगै होटलको व्यापार बढेको हो । अघिल्लो बर्ष भूकम्पका कारण होटलको व्यापार प्रभावित भएको थियो ।

होटलको चुक्ता पूँजी ५७ करोड ९१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८० करोड ९० लाख रुपैयाँ रहेको छ।

सोल्टीको प्रति सेयर आम्दानी ३ रुपैयाँ १६ पैसा रहेको छ । जसको प्रति सेयर अंकित मूल्य १० रुपैयाँ हो । प्रति सेयर नेटवर्थ २३ रुपैयाँ ९७ पैसा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।