नेशनल हाइड्रोमा भयो अचम्म, सञ्चालक समिति सर्वसम्मत

Aug 15, 2017 Merolagani

नेशनल हाइड्रोले सर्वसम्मत रुपमा सञ्चालक समिति चयन गरेको छ । मंगलबार आर्मी अफिसर्स क्लबमा भएको कम्पनीको साधारण सभाले सर्वसम्मत रुपमा सञ्चालकहरु छनौट गरेको हो । सर्वसम्मत सञ्चालक समिति चयन भए पछि आगामी दिनमा हाइड्रोले राम्रो गतिमा काम गर्ने अपेक्षा लिइएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

बर्षौदेखि विवादको घेरामा रहँदै आएको नेशनल हाईड्रोपावरले यस अघि नियमति साधारण सभा समेत सहज रुपमा गर्न सकेको थिएन । मंगलबार सम्पन्न साधारण सभाले हाथवे समूहलाई सञ्चालक समितिमा प्रवेश गराएको छ ।

साधारण सभाले नौ सदस्यीय कार्य समितिका लागि सात सञ्चालकहरु सर्वसम्मत रुपमा चयन गरेको हो । साधारण सभाले हाथवे समूहका नवराज नेपाल सहित बासुदेव गौतम, सोमनाथ सापकोटा, शुशीला कुमारी शर्मा, एल्सन श्रेष्ठ, विशेश्वर सु्वेदी र कुमार पाण्डेलाई सर्वसम्मत रुपमा सञ्चालक बनाउने निर्णय गरेको हो । दुई जना सञ्चालकहरु भने मनोनयन हुन बाँकी छन् ।

नेशनल हाइड्रोको नेतृत्व हाथवेका नवराज नेपाललाई  सम्हाल्न दिन सबै पक्ष तयार रहेको बुझिएको छ । विगतका सबै विवाद सुल्झाएर चाँडै प्रतिफल दिन सक्ने कम्पनीका रुपमा नेशनल हाइड्रो स्थापित हुने विश्वास साधारण सभाका सहभागीले लिएका छन् ।

सोमबार साँझसम्म कार्यसमिति चयन सर्वसम्मतिबाट गर्ने प्रयास सफल हुन सकेको थिएन । कम्पनीलाई नयाँ शिराबाट अघि बढाउन सबै पक्षले  तीब्र रुपमा छलफल चलाएका थिए । सबै पक्षसँग भएका छलफलबाट पहिलो पटक विवाद सुल्झाउँदै सञ्चालक समिति सर्वसम्मत भएको हो ।

नेशनल हाईड्रोमा सहमति उल्लंघन गरी एनबी समूहले गर्यो उम्मेदवारी दर्ता

विवादरहित भए नेशनल हाईड्रोको ब्यवस्थापन हाथवे समूहले सम्हाल्ने

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।