नेपाल इन्स्योरेन्सले प्रतिसेयर आम्दानी कसरी दोब्बरले बढायो ?

Aug 15, 2017 Merolagani

नेपाल इन्स्योरेन्स (NICL) ले गत आर्थिक बर्षमा बीमा दाबी भुक्तानी थोरै गर्दा अधिक कमाई गरेको वित्तीय विबरण निकालेको छ । जसका कारण उसको अघिल्लो आर्थिक वर्षको प्रतिसेयर आम्दानी दोब्बरले बढेको छ । अघिल्लो आर्थिक वर्षमा १९ रुपैंया ४२ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले ३७ रुपैंया नौ पैसा कायम भएको छ ।

इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन रकम घट्दा पनि खुद नाफामा बढोत्तरी भएको हो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ३७ करोड २६ लाख रुपैंयाबाट ३१ करोड ६७ लाख रुपैंयामा झरेको छ ।

पुनर्बीमा कमशिन तथा लगानी र कर्जाबाट हुने आय बढेको भएपनि कम्पनीको दाबी भुक्तानी भने ह्वात्तै घटेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा ४४ करोड ३२ हजार रुपैंयाको दाबी भुक्तानी गरेको इन्स्योरेन्सले अहिले २६ करोड ९० लाख रुपैंयाको मात्र खुद बीमा दाबी भुक्तानी गरेको हो ।

यसका साथै अभिकर्ता कमिशनमा आएको गिरावट, पुनर्बीमा कमिशन, सेवाशुल्क, अन्य प्रत्यक्ष खर्चमा आएको गिरावटका कारण इन्स्योरेन्सको खुद नाफा बढेको हो ।

एक हजार सात सय ४२ बीमादाबी वापत ४२ करोड ५१ लाख ५६ हजार रुपैंया भुक्तान गरेको बीमा कम्पनीले दुई हजार २२ वटा दाबी भुक्तान गर्न बाँकी छ । कम्पनीले उल्लेखित बीमा दाबी संख्या वापत ६४ करोड ३१ लाख ४८ हजार रुपैंया भुक्तान गर्नु पर्ने हुन्छ ।

इन्स्योरेन्सको चुक्ता पूँजी २८ करोड ७६ लाख आठ हजार रुपैंया छ । उसको जगेडा कोषमा १६ करोड सात लाख ५७ हजार रुपैंया सञ्चित छ । बीमा कोषमा १३ करोड ४० लाख ४० हजार रुपैंया राखेको कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय ९२ रुपैंया ८६ पैसा तथा मुल्य आम्दानी अनुपात ६.७४ गुणाले बढी छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।