सिद्धार्थ इन्स्योरेन्सको ६१ करोड ३५ लाखको बीमा दाबी भुक्तानी बाँकी, कमाई कति ?

Aug 15, 2017 Merolagani

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले गत आर्थिक वर्षमा ६९ करोड ५५ लाख लाख ५३ हजार रुपैंयाको चार हजार नौ सय १५ वटा बीमा दाबी भुक्तानी गरेको छ । उसले अझै ६१ करोड ३५ लाख २३ हजार रुपैंया बराबरको दुई हजार एक सय ७३ वटा बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।

सिद्धार्थ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको ५६ करोड ९२ लाख रुपैंयाको खुद बीमाशुल्क आर्जनलाई बढाएर गत आर्थिक वर्षमा ७२ करोड ८६ लाख रुपैंया पुर्याएको छ । पुनर्बिमा कमिसनबाट १९ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको सिद्धार्थले लगानी तथा कर्जाबाट चार करोड ७५ लाख रुपैंया आम्दानी गरेको छ ।

३३ करोड ७७ लाख रुपैंयाको खुद बीमा दाबी भुक्तानी गरेको इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षमा २४ करोड ६० लाख रुपैंयाको मात्र खुद बीमा दाबी भुक्तानी गरेको थियो । त्यसै गरी अभिकर्ता कमिशन पनि समीक्षा अवधिमा तीन करोड ५२ लाखबाट चार करोड २० लाख रुपैंया पुगेको कम्पनीको अन्य प्रत्यक्ष तथा व्यवस्थापन खर्च बढेको छ । जसका कारण उसको खुद नाफाको गति केही सुस्त बनेको हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्षमा २२ करोड १३ लाख १२ हजार रुपैंया खुद नाफा कमाएको छ । उसले अघिल्लो आर्थिक वर्षमा १८ करोड ६० लाख ८२ हजार रुपैंया खुद नाफा कमाएको थियो । खुद नाफामा आएको यो वृद्धि १८.९३ प्रतिशतले बढी हो ।

चुक्ता पुँजी ५३ करोड ३६ लाख ८२ हजार रुपैयाँ रहेको सिद्धार्थको जगेडा कोषमा १४ करोड ४१ लाख २ हजार रुपैयाँ सञ्चित छ । बीमा कोषको आकार ३० करोड २७ लाख ६७ हजार रुपैयाँबाट बढाएर ४१ करोड ३४ लाख २४ हजार रुपैयाँ पुर्याएको कम्पनीको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ४७ पैसा छ । प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ४९ पैसा रहेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३६.१७ गुणाले बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।