नेपाल एसबिआई बैंक र सिद्धार्थ इन्स्योरेन्सको लिलामी सेयर नपरेको पैसा फिर्ता सुरु

Aug 15, 2017 merolagani

नेपाल एसबिआइ बैंक(SBI)  र सिद्धार्थ इन्स्योरेन्स कम्पनी (SIL) ले लिलामीमा सेयर बाँडफाँडमा नपरेका सेयर वापतकाे लगानीकर्ताको रकम फिर्ता सुरु गरेका छन् । दुबै कम्पनीले साउन ३१ गते मंगलबारबाट रकम फिर्ता थालेका हुन् ।

दुबै कम्पनीको सेयर लिलामीमा आवेदन दिई बाँडफाँडमा नपरेका आवेदकहरुको रकम साउन ३१ गतेदेखि आवेदकको खातामा जम्मा हुने व्यवस्था गरेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । 

एसबिआइ बैंकले सर्वसाधारण समूहको ४ लाख ६९ हजार ५२ कित्ता अवितरित हकप्रद सेयरको लिलामी बाँडफाँड साउन २९ गते गरेको हो । उता सिद्धार्थ इन्स्योरेन्स सर्वसाधारण समूहको ७ हजार ९८३ कित्ता र संस्थापक तर्फको ३६७ कित्ता अवितरित हकप्रदकाे लिलामी बाँडफाँड पनि साउन २९ गते गरेको हो ।

एनएमबि क्यापिटलले क्लियरिङ्ग हाउसको आईपीएस प्रणाली मार्फत अावेदककाे सम्बन्धित बैंक तथा वित्तीय संस्थामा रकमान्तर गर्दा शुल्क लाग्ने भएमा आवेदकले नै तिर्नुपर्ने जनाएको छ । क्यापिटलले कुनै कारणले रकमान्तर नभएका लागानीकर्ताहरुलाई एकाउण्टपेयी चेकमार्फत फिर्ता गर्ने जनाएको छ ।

साथै क्यापिटलले एसबिआई बैंकको हकप्रदमा हकभन्दा बढी कित्ताका लागि आवेदन दिएका सेयरधनीहरुको बढी रकम हकप्रद आवेदन बुझाएको संकलन केन्द्रबाट नै फिर्ता हुने जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।