सय रुपैयाँको सेयरले कसरी गर्यो सय रुपैयाँ आम्दानी ?

Aug 16, 2017 Merolagani

नेपाल टेलिकमले गत आर्थिक वर्षमा १५ अर्ब एक करोड ६८ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा टेलिकमले १३ अर्ब ६८ करोड ११ लाख ५७ हजार रुपैंया खुद नाफा गरेको थियो । समीक्षा अवधिमा टेलिकमको खुद नाफा १५.३८ प्रतिशतले बढेको हो ।

१५ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको टेलिकमले जगेडा कोषमा ७८ अर्ब छ करोड ८८ लाख ७२ हजार रुपैयाँ सञ्चित गरेको छ । अघिल्लो आर्थिक वर्षमा उसको जगेडा कोषमा ७१ अर्ब दुई करोड ७८ लाख ७७ हजार रुपैयाँ सञ्चित थियो । टेलिकमको प्रतिसेयर नेटवर्थ छ सय २० रुपैयाँ ४६ पैसा रहेको छ ।

चुक्ता पूँजीभन्दा एक करोड ६८ लाख रुपैयाँ बढी खुद नाफा कमाएका कारण टेलिकमको प्रतिसेयर आम्दानी एक सय रुपैयाँ ११ पैसा कायम भएको छ ।

टेलिकमले दुरसञ्चार सेवाबाट ४० अर्ब ७२ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा उसले सेवाबाट ४० अर्ब ७० करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको थियो । टेलिकमले अन्य आम्दानी पनि बढाएर चार अर्ब आठ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ ।

टेलिकमको खर्चको आकार घटेका कारण खुद नाफामा बढोत्तरी भएको हो । अघिल्लो आर्थिक वर्षमा २५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ खर्च गरेको टेलिकमले गत आर्थिक वर्षमा २४ अर्ब ३६ करोड ७१ लाख रुपैयाँ मात्र खर्च गरेको छ । टेलिकमको खर्चमा आएको गिरावट ४ प्रतिशत हाराहारी हो । उसको मूल्य आम्दानी अनुपात ६.७४ गुणाले बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।