एनआईबिएल समृद्धि फण्ड १ ले १८ प्रतिशत नगद लाभांश बाँड्ने, बुकक्लोज मिति तय

Aug 16, 2017 merolagani

एनआईबिएल समृद्धि फण्ड १ (@NIBSF!@) ले इकाइ धनीलाई १८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साउन ३१ बसेको योजना व्यवस्थापक कम्पनीको सञ्चालक समिति ५० औं बैठकले सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नियमनकारी निकायबाट आर्थिक बर्ष २०७३,७४ को नाफाबाट प्रस्तावित लाभांश वितरणको स्वीकृति प्राप्त गरेपछि वितरण हुने कम्पनीले जनाएको छ । लाभांश वितरणका लागि कम्पनीले भदौ १३ गते इकाई दर्ता किताब बन्द गर्ने भएको छ । यस आधारमा भदौ १२ गतेसम्म इकाइ किनेर कायम रहेका इकाइधनी लभांश पाउन योग्य हुनेछन् । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।