एक अर्ब पूँजी भएको कम्पनीको जगेडा कोषमा ८ करोड ?

Aug 16, 2017 Merolagani

चुक्ता पूँजी एक अर्ब पाँच करोड रुपैंया रहेको अपि पावर कम्पनीले जगेडा कोषमा आठ करोड ८६ लाख रुपैंया सञ्चित रहेको वित्तीय विबरण निकालेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफामा समेत गिरावट आएको छ ।

अघिल्लो आर्थिक वर्षमा आठ करोड आठ लाख रुपैंया खुद नाफा गरेको अपीले गत आर्थिक वर्षमा सात करोड ४० लाख रुपैंया मात्र खुद नाफा गरेको छ । कमाई बढ्न नसक्दा कम्पनीको प्रतिसेयर आम्दानी संकुचित हुँदै सात रुपैंया पाँच पैसामा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षमा उसको प्रतिसेयर आम्दानी आठ रुपैंया आठ पैसा थियो ।

विद्युत बिक्रीबाट १३ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले अन्य शिर्षकबाट तीन करोड ५७ लाख रुपैंया आम्दानी गरेको छ । वित्तीय खर्च अधिक गरेका कारण अपीको खुद नाफामा हस आएको हो । अघिल्ले आर्थिक वर्षमा एक करोड ७७ लाख रुपैंया वित्तीय खर्च गरेको अपीले गत आर्थिक वर्षमा छ करोड ५४ लाख रुपैंया खर्च गरेको छ । यसका साथै ह्रास कट्टीको आकार पनि बढेको छ ।

दई सय प्रतिशत हकप्रदमा लगानीकर्ता उचालिएका कारण उसको मूल्य आम्दानी अनुपात अस्वभाविक विन्दुमा पुगेको छ । वित्तीय बिवरण अनुसार उसको मूल्य आम्दानी अनुपात ८७.०२ गुणा बढी छ । यसले अपीमा लगानी गर्न जोखिम रहेको संकेत गर्छ । उसको प्रतिसेयर नेटवर्थ एक सय आठ रुपैंया ४४ पैसा छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।