नेशनल लाइफले गत आर्थिक वर्षमा यस्तो गर्यो व्यवशाय

Aug 16, 2017 Merolagani

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले गत आर्थिक वर्षमा चार अर्ब ७३ करोड ९५ लाख ७१ हजार रुपैंयाको खुद बीमाशुल्क आर्जन गरेको छ । उसले अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ५२ करोड ८२ लाख एक हजार रुपैंयाको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

पुनर्बीमा कमिशन, लगानी तथा कर्जाबाट हुने आम्दानी तथा बीमालेख धितो कर्जाको आम्दानी बढाएको कम्पनीको खर्चको आकार पनि बढेको छ । उसले एक अर्ब ५५ करोड ४५ लाख ४६ हजार रुपैंयाको खुद बीमा दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा नेशनलले एक अर्ब ८१ लाख २० हजार रुपैंयाको मात्र खुद बीमा दाबी भुक्तान गरेको थियो ।

व्यवस्थापन खर्च, कर्मचारीलाई वितरण गर्ने बोनस तथा आयकरको आकार पनि बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा २३ करोड ५५ लाख २३ हजार रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १६ करोड ९५ लाख ८९ हजार रुपैंया खुद नाफा गरेको थियो । खुद नाफामा आएको बढोत्तरीले कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो आर्थिक वर्षमा १२ रुपैंया ८० पैसा रहेको प्रतिसेयर आम्दानी अहिले १७ रुपैंया ७८ पैसा पुगेको छ ।

एक अर्ब ३२ करोड ४८ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ६१ करोड ३१ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय ५३ रुपैंया ४५ पैसा कायम भएको छ ।

बीमा कोषमा १७ अर्ब ३७ करोड ५५ लाख १२ हजार रुपैंया राखेको कम्पनीले महाविपत्ती जगेडा काेषमा नौ करोड ४९ लाख ७१ हजार रुपैंया सञ्चित गरेको छ । इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १२९.३८ गुणाले बढी छ ।

१४ हजार चार सय ७७ वटा बीमा दाबी भुक्तानी गरेको कम्पनीले १३ करोड ६९ लाख ३१ हजार रुपैंयाको बीमादाबी भुक्तानी गर्न बाँकी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।