सानिमा माई हाइड्रोले कसरी गर्यो यस्तो चमत्कार ?

Aug 16, 2017 Merolagani

सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षमा २८ करोड ९२ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । भुकम्पका कारण विगत वर्षहरुमा विद्युत उत्पादन गर्न नसकी मर्मतमा खर्च मात्र गर्दा नोक्सानमा रहेको हाइड्रोले खुद नाफाको आकारमा कायापलट गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा कम्पनी दुई करोड ९६ लाख नौ हजार रुपैयाँ खुद नोक्सानमा थियो । विद्युत बिक्रीबाट ७९ करोड ७८ लाख ९५ हजार रुपैंया रुपैंया आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट ४० करोड २२ लाख ४९ हजार रुपैंया आम्दानी गरेको थियो ।

एक अर्ब रुपैंया चुक्ता पूँजी रहेको हाइड्रोको जगेडा कोषमा २९ करोड २६ लाख २५ हजार रुपैंया सञ्चित छ । हाइड्रोको प्रतिसेयर नेटवर्थ एक सय २७ रुपैंया ७६ पैसा रहेको छ । अहिले शतप्रतिशत हकप्रद निष्काशन गरिरहेको कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैंया २९ पैसा छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।