युनियन हाइड्रोपावर कम्पनीको ६ करोड ३३ लाखको आईपीओ आउँदै, कसले गर्न पाउँछ आवेदन ?

Aug 16, 2017 merolagani

युनियन हाइड्रोपावर कम्पनीले ६ करोड ३३ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको ६ लाख ३३ हजार ७४५ कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारी गर्न युनियन हाइड्रोपावर कम्पनीले साउन २९ गते धितोपत्र बोर्डमा निवेदन दिएको हाे ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । यसमा आयोजनाबाट प्रभावित लमजुङ्गबासीले मात्र आवेदन गर्न पाउनेछन् । कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड फाइभ रेटिङ प्रदान गरेको छ । कम्पनीले पाएको यो रेटिङले आधारभूत पक्ष कमजोर रहेको संकेत गर्छ । 

कम्पनीले यसअघि १४ लाख कित्ता जारी गर्ने बताएपनि बढाएर २५ लाख कित्ता पुर्याएको युनियन हाईड्रोको प्रशासन तथा वित्त अधिकृत हरि भण्डारीले जानकारी दिए ।

आयोजना प्रभावित लमजुङबासीका लागि ६ लाख ३३ हजार ७४५ कित्ता सेयर जारी गरेपछि कम्पनीले सर्वसाधारण, कर्मचारी सामूहिक लगानी कोष लगायतका लागि १८ करोड ६६ लाख ५२५ कित्ता सेयर फेरि जारी गर्नेछ ।

युनियन हाइड्रोपावरले लमजुङ जिल्लाको करापुटार गाविसमा ३.३ मेगावाटको मिदिम खोला आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २३ मेगावाट क्षमताको मेवा खोला आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र समेत पाएको छ । साथै कम्पनीले २९ मेगावाटको हङगु खोला तथा ७२ मेगावाटको अपर तमोर ए आयोजना समेत बनाउने प्रकृया अगााडि बढाएको कम्पनीले जनाएकाे छ । 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।