वीरगञ्ज भन्सारले बिहीबारदेखि जिएसटी लागु गर्ने,नक्कली बील नियन्त्रणमा आउने विश्वास

Aug 16, 2017 RSS

भन्सार कार्यालय, वीरगञ्ज, पर्साले बिहीबारदेखि भारतबाट पैठारी भई नेपाल भित्रिने सबै प्रकारका वस्तुमा जिएसटी (वस्तु तथा सेवा कर) प्रणाली लागु गर्नेभएको छ ।


भारतबाट पैठारी भई कृषिउपज, खाद्यान्न, दलहन, जिवित जनावर, पेट्रोल, डिजेल, मट्टितेल, एलपि ग्यांसबाहेकका वस्तुमा सो प्रणाली लागु हुने वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी संतोष यादवले बताए ।

जिएसटी विजकमा जिएसटी र सोबमोजिम बील अफ एक्सपोर्टमा पनि जिएसटी जोडिएर मूल्य उल्लेख भएको हकमा जिएसटीको रकम समेत जोडी कारोबार मूल्य घोषणा गर्नुपर्ने व्यवस्था छ ।

कारोवारीले प्रज्ञापनपत्र भर्दा ढुवानी साधन नम्बर एकिन गरेर भर्नुपर्ने र पछि ढुवानी साधन नम्बर फरक परेमा बिग्रेको अवस्था बाहेकमा नसच्याउने व्यवस्था भन्सार कार्यालयले गरेको छ ।

भन्सार कार्यालयले एउटा ढुवानी साधनमा एउटा मात्र एजेन्टको मालबस्तु ढुवानी गर्न पाउने, भन्सार जाँचपास भएर निकालिसकेको वस्तु अनिवार्यरुपमा सो दिन भन्सार यार्डबाट निकाल्नुपर्ने व्यवस्था गरेको छ ।

यसअधि आयातकर्ताले भारतबाट पैठारी गर्दा भारतीय भन्सारको बीलको आधारमा कम मूल्य तोकेर भ्याट बील काटिने व्यवस्थाका कारण भन्सार राजस्व ह्रास हुँदै आएको थियो भने अब भने यो प्रणाली लागु भएपछि एजेन्टहरुले गर्ने मनोमानी भने हट्ने विश्वास भन्सार कार्यालयले जनाएको छ ।

उक्त प्रणाली लागु भएपछि एजेन्टहरुले बनाउने नक्कली बील नियन्त्रणमा आउने विश्वास लिइएको छ । पहिलो चोटी लागु भएको यो प्रणाली वीरगञ्ज भन्सार कार्यालयको मागअनुसार विहीबारदेखि मुलुकभर लागु हुने जनाइएको छ । रासस

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।