पोखरा फाइनान्सको एफपिओ आवेदन गर्ने आज अन्तिम दिन

Aug 17, 2017 merolagani

पोखरा फाइनान्स (PFL) काे साउन २९ आईतबारदेखि निष्काशन  खुला गरेको एफपिओमा आवेदन गर्ने विहीबार  अन्तिम दिन हो ।  लगानीकर्ताले विहीबार कार्यालय समय ३ बजेसम्म अावेदन गर्न सक्नेछन् ।  फाइनान्सले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम थप गरी २२० का दरले ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ निष्कासन गरेको हो ।

 

 

 

 

फाइनान्सको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले आस्बा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट एफपिओमा आवेदन गर्न सक्नेछन् । 

...[अनलाईन आस्वा दिने बैंकहरु कुन् कुन् हुन् ? घरबाटै गर्नुहोस् सेयर आवेदन]...

एफपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइनेछ । अहिले दोस्रो बजारमा फाइनान्सको प्रतिकित्ता सेयरमूल्य २५० रुपैयाँको हाराहारीमा रहेको छ ।

हाल फाइनान्सको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ छ । एफपिओ बिक्रीपछि फाइनान्सको चुक्ता पूँजी ६५ करोड ५७ लाख पुग्नेछ । फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५० पैसा छ ।

कम्पनीले संस्थापक तथा साधारण सेयरको अनुपात ५१:४९ कायम गर्न एफपिओ जारी गरेको हो ।

एफपिओ जारी गरेपछि कम्पनीले कायम हुने पूँजीको १५ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव समेत २० औ बार्षिक साधारणसभाबाट पारित गराईसकेको छ । हकप्रद पश्चात कम्पनीको पूँजी ७५ करोड नाघ्नेछ । गत आर्थिक बर्षको बोनसबाट कम्पनीले ८० करोड चुक्तापूँजी पुर्याउने योजना बनाएको छ ।

...[पोखरा फाइनान्सको एफपिओको बिक्री खुल्यो, भदौ १ गतेसम्म आस्बाबाट गर्नुहोस् आवेदन]...

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।