प्रिमियर इन्स्योरेन्सको खुद नाफा र दाबी भुक्तानी दुबैमा गयाे पहिरो

Aug 17, 2017 merolagani

प्रिमियर इन्स्योरेन्स (PIC) को गत आर्थिक बर्षमा खुद नाफा ४२ लाख रुपैयाँले घटेको छ । अधिल्लो आर्थिक बर्षमा १८ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सको खुद नाफा गत आर्थिक बर्षमा १८ करोड १५ लाख रुपैयाँमा खुम्चिएको हो । यसले कम्पनीको प्रगति सुस्त रहेको देखाउँछ ।

कम्पनीले गत आर्थिक बर्षमा ७४ करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा २७ करोड ७६ लाख रुपैयाँको खुद बीमा दाबी भुक्तानी तथा २ करोड ६० लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको छ । 

त्यस्तै बीमा कम्पनीले अधिल्लो आर्थिक बर्षमा ३ हजार १६० वटा बीमा दाबीका लागि १ अर्ब ३२ करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेकोमा गत आवमा भुक्तानी संख्या बढेर ४ हजार ३७३ वटा पुगेपनि ९३ करोड ७८ लाख रुपैयाँको मात्र बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले अझै ३ हजार ६६ वटा दाबीको १ अर्ब ३९ करोड ९० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीले मोटो रकमका दाबीहरु भुक्तान गर्न सकेको छैन ।

समीक्षा अवधिमा ७ करोड ४८ लाख रुपैयाँले चुक्ता पूँजी बढाएर इन्स्योरेन्सले ४४ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको जगेडाकोष ५.४७ प्रतिशतले बढाएर १२ करोड ०९ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको बीमा कोष ३७.२९ प्रतिशत अर्थात ८ करोड ९५ लाख रुपैयाँले बढेर ३२ करोड ९८ लाख रुपैयाँको बनेको छ ।

कम्पनीले जारी गरेको बीमालेखको संख्या एक लाख ७९ हजार ६५१ वटा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ४७ पैसा, प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात ४१.७८ गुणा रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।