लुम्बिनी जनरल र कञ्चन डेभलपमेन्टको हकप्रद भर्ने अन्तिम दिन आज

Aug 17, 2017 merolagani

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) र  कञ्चन डेभलपमेन्ट बैंक (KSDBL) को हकप्रदमा अावेदन गर्ने विहीबार अन्तिम दिन हो । लुम्बिनीले शतप्रतिशत तथा कञ्चनले ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेका थिए ।यसैबिच यसअधि भदौ १ गतेसम्म १३० प्रतिशत हकप्रद जारी गरेको सप्तकोशी डेभलपमेन्ट बैंकले भदौ ९ गतेसम्म समयावधि थप गरेको छ । 

लुम्बिनी जनरल इन्स्योरेन्सले शतप्रतिशत अर्थात एक बराबर एक कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो । इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरको ३९ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 

लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद भर्ने स्थान यहाँबाट हेर्नुहोस्

हाल ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लुम्बिनी इन्स्योरेन्सको हकप्रद बिक्रीपछि ७८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । इन्स्योरेन्स कम्पनीको हकप्रदमा असार १२ गतेसम्म कायम सेयरधनीले आज कार्यालय समयभित्र आवेदन गर्न पाउनेछन् ।

कञ्चन डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रदमा जेठ ३१ गतेसम्म कायम सेयरधनीले आवेदन गर्न सक्नेछन । बैंकले एक सय रुपैयाँ अंकित मूल्यको १० लाख ३९ हजार ५०० कित्ता हकप्रद जारी गरेको छ ।

कञ्चन डेभलपमेन्ट बैंकको हकप्रद भर्ने स्थान यहाँबाट हेर्नुहोस्

कञ्चनको हाल चुक्ता पूँजी ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पूँजी ४५ करोड चार लाख रुपैयाँ पुग्नेछ ।

कञ्चनको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल, र लुम्बिनी इन्स्योरेन्सको सिबिआइएल क्यापिटल रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।