युनाइटेड फाइनान्सले गत आर्थिक वर्षमा ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले १३ करोड ८७ लाख रुपैया खुद नाफा कमाएको थियो । फाइनान्सको खुद नाफा १६ प्रतिशतको हाराहारीमा घटेको हो ।
उता सेन्ट्र फाइनान्सले गत आर्थिक वर्षमा नौ करोड नौ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा सेन्ट्रलले सात करोड ९१ लाख रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा १४ प्रतिशतको हाराहारीमा खुद नाफा बढाएको हो ।
युनाइटेडको चुक्ता पूँजी ६७ करोड २७ लाख रुपैंया छ भने सेन्ट्रलको ५२ करोड छ लाख रुपैंया चुक्ता पूँजी रहेको छ । युनाइटेडको जगेडा कोषमा २८ करोड ६९ लाख रुपैयाँ सञ्चित छ भने सेन्ट्रलको जगेडामा १६ करोड सात लाख रुपैंया राखेको छ । युनाइटेडको निष्कृय कर्जा अनुपात ०.४४ प्रतिशत छ भने सेन्ट्रलको १.८६ प्रतिशत रहेको छ ।
युनाइटेडको प्रतिसेयर आम्दानी १७ रुपैंया ३९ पैसा छ भने सेन्ट्रलको १७ रुपैंया ४७ पैसा छ । युनाइटेडको प्रतिसेयर नेटवर्थ एक सय ४२ रुपैंया ६५ पैसा छ भने सेन्ट्रलको एक सय ३० रुपैंया ६६ पैसा रहेको छ । युनाइटेडको मूल्य आम्दानी अनुपात १४.०९ गुणाले बढी हुँदा सेन्ट्रलको १०.९३ गुणाले बढी छ ।