सेयरबजारमा सामान्य घटबढ, ७६ करोड बराबरको कारोबार

Aug 17, 2017 merolagani

साताको अन्तिम दिन विहीबारको सेयरबजार सामान्य ओरालो लागेको छ भने कारोबार रकम केही बढेको छ । कारोबारमा आएका वाणिज्य बैंक र जलविद्युत समूह बाहेक सबै समूहका सूचक ओरालो लागेपछि समग्र बजार घटेको हो ।



विहीबार नेप्से २.९१ अंकले घटेर १६२९.७५ अंकमा झरेको छ । १६६ कम्पनीको कारोबार भएको बजारमा ७५ करोड ७० लाख बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार रकम बुधबारको तुलनामा चार करोड बढी हो ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्सकाे सबैभन्दा धेरै चार करोड ८५ लाख बराबरको सेयर किनबेच भयो । त्यसपछि उच्च कारोबार हुने नेशनल लाइफ इन्स्योरेन्सको ३ करोड ३४ लाख बढीको सेयर किनबेच भएको छ । नबिल फण्ड ब्यालेन्स एकको ईकाहरुको पनि ३ करोड बढीको कारोबार भयो ।

विहीबारको बजारमा सिर्जना फाइनान्सको सेयरमूल्य झण्डै दश प्रतिशतले बढेको छ । सानिमामार्इ हाइड्रोकाे सेयरमूल्य पनि आठ प्रतिशत बढीले बढेको छ । यसदिन हिमालयन डिष्टलरीको सेयरमूल्य सबैभन्दा धेरै ९ प्रतिशत बढीले ओरालो लागेको छ । नेपाल ग्रामिण विकास बैंक र काबेली विकास बैंकको सेयरमूल्य पनि ५ प्रतिशत बढीले घटेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।