यस्तो वित्तीय विबरण निकाल्ने कम्पनीका लगानीकर्ताले कसरी बोक्छन सयौं प्रतिशत हकप्रदको भारी ?

Aug 17, 2017 Merolagani

जनरल फाइनान्स र प्रोग्रेसिभ फाइनान्सले गत आर्थिक वर्षमा कमाईको आकार भारी मात्रामा घटाएको वित्तीय बिवरण निकालेका छन् । ठूलो मात्रामा हकप्रद निष्काशनको तयारीमा रहेका दुवै फाइनान्सको वित्तीय बिवरणमा सूचकहरु खस्किँदा लगानीकर्ता चनाखो हुनु पर्ने अवस्था देखिएको छ ।

प्रोग्रेसिभ फाइनान्सले एक करोड ४० लाख ३५ हजार रुपैंया खुद नाफा कमाएको छ अघिल्लो आर्थिक वर्षमा उसको खुद नाफा दुई करोड ५६ लाख ७३ हजार रुपैंया खुद नाफा कमाएको थियो । फाइनान्सको खुद नाफा ४५.३३ प्रतिशतले घटेको हो ।

उता जनरल फाइनान्सको खुद नाफा २३ लाख ३६ हजार रुपैंयाबाट दुई लाख ८६ हजार रुपैंयामा सिमित भएको छ । जनरलको खुद नाफा ८७.७५ प्रतिशतले घटेको हो ।

यसरी कमाईको आकार फराकिलो अन्तरले घट्दा फाइनान्सहरुको प्रतिसेयर आम्दानीमा धेरै गिरावट आएको छ । जनरल फाइनान्सको प्रतिसेयर आम्दानी १३ पैसा मात्र छ भने छ रुपैंया ६८ पैसा छ ।

अहिले दुवै फाइनान्सले ठूलो मात्रामा हकप्रद निष्काशनको तयारी गरेका छन् । अहिले जनरलको चुक्ता पूँजी २२ करोड एक लाख ९५ हजार रुपैंया छ भने प्रोग्रेसिभको २१ करोड रुपैंया छ ।

जनरल फाइनान्सले हाल कायम चुक्ता पूँजीको १२५ प्रतिशत हकप्रद निष्काशनको तयारी गरिरहेको छ । उता प्रोग्रेसिभले पनि २८१ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको छ । हकप्रद निष्काशन नगर्दा नै दयनीय अवस्थामा रहेका यी दुई फाइनान्सले हकप्रद पछि कसरी आफूलाई सबल बनाउलान भन्ने पश्न उब्जिएको छ ।

प्रोग्रेसिभको जगेडा कोषमा जम्मा ९६ लाख ५२ हजार रुपैंया सञ्चित छ । जनरलको जगेडा कोष ११ करोड ६७ लाख ९२ हजार रुपैंयाले ऋणात्मक छ । हकप्रद पछि पूँजी बढ्दा अहिलेकै अवस्था रहेमा दुवै कम्पनीका लगानीकर्ता आफ्नो लगानी लामो समयका लागि फसाउन बाध्य हुने निश्चित छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।