बाढी पहिरो पिडितलाई ग्लोबल आइएमई बैंकको ६५ लाख सहयोग

Aug 18, 2017 merolagnai

ग्लोबल आइएमई बैंक (GBIME) ले तराई लगायत मुलुकका विभिन्न भागमा आएको बाढी पहिरो पिडितलाई ६५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा उक्त रकम हस्तान्तरण गरेको हो ।
बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार बिहान उक्त रकमको चेक हस्तान्तरण गरेका हुन ।

बैंकले बैंकको तर्फबाट ५१ लाख एवं सम्पूर्ण कर्मचारीको १ दिनको तलब बराबर हुनआउने १४ लाख रुपैँया गरि ६५ लाखको चेक हस्तान्तरण गरेको हो।

प्रधानमन्त्री देउवासँगको भेटमा अध्यक्ष ढकालले विगतमापनि बैंकले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत प्राकृतिक विपत्तको समयमा सहयोग गरेको स्मरण गर्दै भविश्यमा पनि मुलुकमा आइपर्ने विपत्तिबाट पिडामा पर्नेहरुलाई सहयोग गर्न तत्तर रहेको जानकारी दिए।

बाढी पहिरो पिडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा बैंकको ज्ञानेश्वर शाखामा खोलिएको ‘०४११०१००००००५’ नम्बरको खातामा इच्छुक सहयोगीले रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुखकार्यकारी अधिकृत जनकशर्मा पौड्याल लगायत व्यवस्थापनका उच्च अधिकारीको उपस्थिती रहेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।