महिलाका लागि शेयर बजार भरपर्दो बिकल्प,जागिर नपाएर के भयो त ?

Aug 18, 2017 meroagani

सविना बजगार्इ
पढे लेखेको पनि छ, घर व्यवहार र बच्चाबच्ची हुर्काउदा हुर्काउदै समय पनि गयो, जागिर पनि छैन, श्रीमानसँग सधै पैसा माग्न पनि मन लाग्दैन ? तपाई यो अवस्थामा के गर्नुहुन्छ ? धेरैसँग उत्तर छैन होला । तर, तंपाईको यो अवस्था, तंपाईकै लागि अवसर बन्न सक्छ ।

काठमाण्डौ सहित शेयरबजारको पहुँच भएका ठाँउका गृहणी महिलाको शेयर बजारमा उल्लेख्य सहभागिता हुन थालेको छ । उनीहरु घर परिवारको सल्लाह बमोजिम नै सानो तिनो पूँजी जुटाएर शेयर बजारमा प्रवेश गर्न थालेका छन । अझ कतिपय शेयर ब्रोकरको अफिसमा त विश्वबिद्यालयको डिग्री हातमा भएरपनि कुनै जागिर नखाई पूरै व्यवसायिक रुपमा सेयर कारोवार गर्ने महिला पनि भेटिन्छन । यो बाहेक जागिरे, व्यवसायमा लागेका र विद्यार्थीहरु पनि आफ्नो बचत रकम जम्मा गरेर शेयर बजारमा लगानी गर्न थालेका छन् । उनीहरु घर व्यवहारसँगै शेयर बजारमा पनि उत्तिकै क्रियाशील रहेका छन् ।

हाम्रोजस्तो पितृसत्तात्मक समाजमा आर्थिक कारोबारमा पुरुषहरुलाई धेरै स्मार्ट र जान्ने मानिन्छ । तर महिलाहरु पनि समयसँगै पैसा बचत गर्न र बजारमा लगानीगर्नका लागि सक्षम हुँदैछन । यसकालागि समय र पूँजीको हिसावले उपयुक्त स्थान शेयर बजार पर्ने थालेको छ । हुन पनि, बिहान नानी बिद्यालय पु¥याएर ४ बजे लिन आउन मिल्ने यो व्यवसाय जस्तो अरु कुन जागिर हुन सक्छ र ? वित्तीय स्वतन्त्रताको आवश्यकता, छिट्टै नाफा, लामो समयसम्म पैसा कमाउन सकिने सम्भावना भएकाले पनि शेयर बजारमा उनीहरुको सहभागिता बढ्दो रहेको छ ।

बैङ्क तथा वित्तीय संस्थामा रकम राख्नुभन्दा शेयरमा लगानी गर्दा तुलनात्मक रूपमा बढी फाइदा हुने भएकाले शेयर कारोबारप्रति आकर्षित भएको शेयर बजारमै भेटिएकी लगानीकर्ता जान्दवी आचार्य बताउछिन् । उनी भन्छिन् ‘सुरुमा हल्लाको भरमा लगानी गरेपनि अहिले कम्पनीको वित्तीय विश्लेषण गरेर लगानी गर्ने गरेको छुँ ।’जागिरले दिने प्रतिफल भन्दा शेयर बजारवाट आउने प्रतिफल कयौं गुणा बढी हुन सक्ने उनीहरू बताउँछन् ।

सबै महिला जानेर मात्र शेयर बजारमा लागेका छन् भन्ने चाहिँ छैन । हल्लाको भरमा बिश्वास गरेर लगानी गर्नेमा महिला नै अगाडि देखिएका छन । तर पछिल्ला दिनमा कम्पनी अध्ययन गरेर लगानी गर्ने महिला पनि प्रशस्त भेटिएका छन ।शेयर बजारमा भेटिएका महिलाहरु भन्छन ‘कि पढेर जानिन्छ कि परेर जानिन्छ । ’

समय र पूजीको आधारमा शेयर बजार महिलाको लागि लगानीको उपयुक्त स्थान हुनसक्छ । तर, अरुको कुरा सुनेर भन्दा पनि आफै बजार बुझन सक्ने भएर लगानी गरे राम्रो लाभ लिन सकिन्छ । बजार बुझन पत्रपत्रिकामा आएका कम्पनीका वित्तीय विवरण, सूचना, धितो पत्र वोर्ड र नेप्सेले उपलव्ध गरेएका जानकारीहरु पर्यात हुने गर्दछन ।

प्राविधिक विषय जान्नका लागि शेयर वजार सबन्धि जानकारी लिन अल्पकालीन सेयरको तालिम पनि उपयोगी हुन सक्छ । आफूले गरेको लगानीको औचित्य आफैले पुष्टि गर्न सक्ने अवस्थामा भए महिलाले जागिर पाइएन भनेर कहिले चिन्ता लिनु पर्दैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।