लुम्बिनी विमानस्थलमा लेखा समितिले किन देखाउँदै छ चासो ?

Aug 18, 2017 merolagani

संसदको लेखा समितिले लुम्बिनीमा गौतम बुद्ध अन्तराष्ट्रिय विमानलस्थल निर्माणका बारेमा चासो देखाएको छ । लेखा समितिले निर्माणस्थलको स्थलगत अनुगमन गरेर निर्माणमा भैरहेको ढिलासुस्तीको बारेमा जानकारी लिएको हो ।


 सो क्रममा समितिका सभापति डोरप्रसाद उपाध्यायले विमानस्थल निर्माणमा ढिलाइका विषयमा समितिले छानविन गरेर कारवाही प्रक्रिया अघि बढाइने बताए ।

स्थानीय उद्योगी ब्यवसायीले  विमानस्थलसँगै छ लेनको सडक निर्माणमा पनि ढिलासुस्ती र ठेकेदारको लापरवाहीले गुणस्तरहीन काम भएको भन्दै छानविन गर्न समितिको ध्यानाकर्षण गराएका छन् ।

लेखा समितिले रूपन्देहीमा निर्माणाधीन छ लेनको सडक र अन्तराष्ट्रिय विमानस्थलको कामको ढिलासुस्ती र अनियमिताबारे केही समयदेखि अध्ययन गरिरहेको छ ।

विमानस्थलकाे सन् २०१८ को जुलाईसम्म काम सम्पन्न हुनुपर्ने भएपनि चिनिया ठेकेदार कम्पनीले सुस्त गतिका काम गरिरहेको छ । विमानस्थल निर्माणको काम हालसम्म तीस प्रतिशत पनि पूरा भएको छैन ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।