बाढी पीडितलाई सिटिजन्स बैंकको एघार लाख सहयोग

Aug 18, 2017 MEROLAGANI

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले बाढीका पीडितहरुलाई एघार लाख र्आिर्थक सहायता प्रधानमंत्री दैवी प्रकोप उद्घार कोषमा प्रदान गर्ने निर्णय गरेको छ । यस अघि पनि बैंकले महाभूकम्पका पिडितहरुलाई र्आिर्थक सहयोग स्वरुप एक करोड सो कोषमा प्रदान गरेको थियो ।

साथै बैंकले प्रधानमंत्री दैवी प्रकोप उद्घार कोषमा रकम संकलन गर्ने प्रयोजनका लागि यस बैंकमा ००१०००२५६२CA खाता खोली बैंकका कर्मचारीहरु ,सम्पूर्ण स्वदेशी तथा विदेशी व्यक्ति, संघ संस्था, व्यवसायिक र्फम, एजेन्सी समेतलाई आफ्नो स्वेच्छाले उक्त खातामा रकम जम्मा गरि आर्थिक सहयोग गरिदिन हुन अनुरोध गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।