स्वच्छ पुँजी बजार विकास गर्न नियम पालनामा संवेदनशील बन्न धितोपत्र दलाल व्यवसायीलाई बोर्डको निर्देशन

Aug 18, 2017 merolagani

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीहरुलाई स्वच्छ, पारदर्शी तथा प्रभावकारी पूँजी बजार विकास गर्न र संस्थागत सुशासन तथा नियम पालनामा संवेदनशील हुन निर्देशन दिएको छ । धितोपत्र दलाल व्यवसायीको नियम पालना अधिकृतको भूमिकासम्बन्धी छलफल कार्यक्रममा बोर्ड अध्यक्ष डा.रेवत बहादुर कार्कीले यस्तो निर्देशन दिएका हुन् ।



बोर्डले हालका दिनहरुमा पूँजी बजारको विकास तथा संरचनात्मक सुधारमा विशेष पहल गर्दै आइरहेको र बोर्डले आगामी दिनमा सुपरीवेक्षण तथा कानुन प्रवलीकरणमा विशेष जोड दिइने अध्यक्ष कार्कीले बताए ।

बोर्डले धितोपत्र दलाल व्यवसायीहरुले पालना गर्नुपर्ने नियमका सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन, नियम, निर्देशिकाको व्यवस्था तथा सो सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यताका विषयमा जानकारी दिदै धितोेपत्र दलाल व्यवसायीको नियम पालना अधिकृतलाई सहभागी गराई छलफल गराएको थियो ।

कार्यक्रममा करिव ७५ जनाको सहभागिता रहेको थियो ।

बोर्डले अनुपालनाको स्थिति मजबुज बनाई धितोपत्र व्यवसायलाई थप व्यवस्थित, पारदर्शी तथा जवाफदेही बनाउन सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ ले गरेको व्यवस्था बमोजिम ०७२ मंसिरमा सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई नियम पालना अधिकृत नियुक्त गर्न निर्देशन दिएको थियो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।