२५ वाणिज्य बैंकमा निक्षेप र कर्जा परिचालनमा कसको अवस्था कस्तो ?

Aug 19, 2017 merolgani

गत आर्थिक बर्षको  वित्तीय विवरण सार्वजनिक गरेका २५ बाणिज्य बैंकले  १९ खर्ब ५७ अर्ब २५ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । २५ बाणिज्य बैंकले यसअवधिमा कूल १६ खर्ब पाँच अर्ब ९५ करोड १५ लाख रुपैयाँ कर्जा परिचालन गरेका छन् ।

गत आर्थिक बर्षको वित्तीय बिवरण सार्वजनिक गर्न बाँकी सेञ्चुरी कर्मर्सियल बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक र सिभिल बैंकको तथ्याङ्क यसमा समावेश गरिएको छैन ।

सार्वजनिक भएको २५ बाणिज्य बैंकमध्ये सबैभन्दा बढी पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले एक खर्ब ५३ अर्ब ५७ करोड ५९ लाख रुपैयाँको निक्षेप संकलन तथा एक खर्ब ६  अर्ब ४३ करोड १३ लाख रुपैयाँको कर्जा प्रबाह गरेको छ । तर एक खर्ब २५ अर्ब ६६ करोड ९३ लाख निक्षेप संकलन गरेको निजी क्षेत्रको इन्भेष्टमेन्ट बैंकले बाणिज्य बैंकलाई पछाडि पार्दे एक खर्ब छ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । 

ग्लोबल आईएमई बैंक पनि एक खर्ब माथि निक्षेप संकलन गर्दा ८० अर्ब बढीको कर्जा परिचालन गरेको छ । २५ बैंकमध्ये सबैभन्दा कम निक्षेप संकलन गर्ने बैंकमा मेगा बैंक रहेको छ । मेगाले ३८ अर्ब ९३ करोड ६८ लाख रुपैयाँ निक्षेप तथा ३४ अर्ब ५९ करोड ७८ लाख रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

निष्कृय कर्जा अनुपात ?

निष्कृय कर्जा अनुपातमा सानीमा बैंकको नगन्य शून्य दशमलव शून्य एक प्रतिशत कायम गर्दा अन्य ११ बैंकले समेत एक प्रतिशत तल झारेर एक दर्जन बैंकले उत्कृष्ट व्यवस्थापकिय क्षमता प्रदशन गरेका छन् । २५ बाणिज्य बैंकमध्ये सबैभन्दा बढी प्रभु बैंकको चार दशमलव २९ प्रतिशत निष्कृय कर्जा बढ्दा नेपनल बैंक, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक र जनता बैंकको भने दुई प्रतिशत माथि रहेको छ ।

सीसीडी रेसियो अनुपात ?

बैंकहरुलाई राष्ट्र बैंकले असोज मसान्तसम्म सीसीडी रेसियो अनुपात ८० प्रतिशत तल झार्न निर्देशन दिएपछि गत आर्थिक बर्षमा २५ वटै बाणिज्य बैंकले ८० प्रतिशत तल झारेका छन् । यसअघि बैंकमा निक्षेपको तुलनामा कर्जा परिचालन बढी हुँदा केही बैंकको सीसीडी अनुपात ८३ प्रतिशतमाथि नाघेको थियो ।

२५ बाणिज्य बैंकमध्ये सबैभन्दा कम सीसीडी अनुपात कृषि विकासको जम्मा ६२.३९ प्रतिशत रहँदा सबैभन्दा बढी हिमालयन बैंकको ७९.०७ प्रतिशत रहेको छ । यसरी हेर्दा कृषि विकास ६२.३९ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकले ६९.३ प्रतिशत तथा नेपाल बंगालादेश बैंकले ६९.३६ प्रतिशत कायम गर्दे ७० प्रतिशत तल सीसीडी अनुपात कायम गर्ने बैंकमा उभ्याएका छन् ।

७० प्रतिशतदेखि ७५ बिचको सीसीडी अनुपात ९ वटा बाणिज्य बैंक रहेको छ । ७५ प्रतिशत माथि सीसीडी अनुपात रहने बाणिज्य बैंकको संख्या १३ वटा रहेको छ ।

 

- रकम हजारमा देखाइएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।