गण्डक नहरको संरचनामा ७५ करोडको क्षति

Aug 19, 2017 merolagani

केही दिनयता आएको अविरल वर्षा तथा बाढीका कारण गण्डक नदीमा ठाउँठाउँमा कटान भएपछि रु ७५ करोडभन्दा बढीको नहर संरचना भत्किएको छ ।

 

सो बाढीले करिब ५० वर्ष पुरानो गण्डक मूल नहर भत्काएर ब्लकमा व्यापक क्षति पु¥याएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय बहुअरी पर्साका डिभिजन प्रमुख राजेन्द्रप्रसाद साहले बताए ।

भारतको इनर्वा बजार हुँदै नेपालको जानकी टोलादेखि वाग्मती नदीसम्म ८१ किमी लामो सो नहरले बारा, पर्सामा ३० हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउँदै आएको छ ।

पर्साको जगरनाथपुर, जानकीटोला, मसिहनिया, बारा बसलपुरलगायत ठाउँमा कल्भर्ट र ठाउँ ठाउँमा नहर भत्केको छ भने ब्लक नं १ देखि १० सम्म नहरको पानी बग्ने गरेकाले नहरको केही संरचना तथा ब्लक तथा वरिपरिका धान खेत तथा अन्यबालीमा व्यापक क्षति पु¥याएको छ । रासस

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।