मुक्तिनाथको ४० प्रतिशत हकप्रद खुल्यो, कहाँबाट गर्ने आवेदन ?

Aug 20, 2017 Merolagani

मुक्तिनाथ विकास बैंक ले भदौ ४ गते आइतबारदेखि १० बराबर ४ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गरेको छ । एक सय रुपैंया अंकित मूल्यमा बैंकले ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद सेयर बिक्री सुरु गरेको हो ।

साउन १९ गते विहीबारसम्म कायम सेयरधनीले बैंकको हकप्रदमा आवेदन गर्न पाउने छन् । बैंकले हकप्रद प्रयोजनका लागि साउन २० गते सेयरधनी पुस्तिका बन्द गरेको थियो । असोज ८ गते बैंकको सेयर निष्काशन बन्द हुनेछ ।

 

बैंकको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले एनआईबीएल क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । त्यसै गरी नेपाल इन्भेष्टभेन्ट बैंकको विराटनगर, नेपालगन्ज र धनगढी शाखाबाट पनि हकप्रद सेयरमा आवेदन गर्न सकिने बताइएको छ ।

बैंकको अहिले चुक्ता पूँजी एक अर्ब ५४ करोड ५८ लाख ३७ हजार रुपैंया रहेको छ । ४० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब १६ करोड हाराहारी पुग्ने छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३४ प्रतिशत बोनस वितरण र ५० प्रतिशत हकप्रद बिक्री गरेर पूँजी बढाएको थियो । यस पटक पनि बोनस र हकप्रद एकै समयमा निष्काशन गर्ने सोचमा बैंक रहे पनि राष्ट्र बैंकले पहिले हकप्रद पूँजीकरण गरेर मात्र बोनसको प्रकृयामा जान बैंकलाई निर्देशन दिएको थियो ।

४० प्रतिशत हकप्रद पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब १५ करोड नाघ्नेछ । राष्ट्र बैंकले तोकेको अढाई अर्ब पूँजी पुर्याउ बैंकले ३५ करोड रुपैंया बराबरको बोनस बितरण गर्नु पर्ने हुन्छ । बैंकले गत आर्थिक वर्षमा ४९ करोड ६३ लाख १६ हजार रुपैंया खुद नाफा कमाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।