जेविल्स फाइनान्सले समात्न सकेन प्रगतिको बाटो

Aug 20, 2017 Merolagani

जेविल्स फाइनान्सले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफामा गिरावट आएको वित्तीय बिवरण प्रकाशित गरेको छ । फाइनान्सले अघिल्लो आर्थिक वर्षमा चार करोड १२ लाख ४८ हजार रुपैंया खुद नाफा कमाएको फाइनान्सले गत आर्थिक वर्षमा तीन करोड ६२ लाख ७१ हजार रुपैंया मात्र खुद नाफा कमाएको हो ।

निक्षेप तथा कर्जाको आकार बढाएर झण्डै दोब्बरले खुद व्याज आम्दानी गरेको फाइनान्सको गैरसञ्चालन मुनाफामा आएको गिरावटले खुद नाफा ऋणत्मक बनेको हो । फाइनान्सको प्रतिसेयर आम्दानी १२ रुपैंया ५५ पैसा कायम भएको छ ।

२८ करोड ८९ लाख ५६ हजार रुपैंया चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोषमा सात करोड ८७ लाख ८४ हजार रुपैंया सञ्चित छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।