बैंक अफ काठमाण्डूले संस्थापक एफपिओ लिलामी गर्ने

Aug 20, 2017 MEROLAGNAI

बैंक अफ काठमाण्डू (BOKL) ले अन्तत लिलामीको प्रक्रियाबाट थप नयाँ संस्थापक सेयरको बिक्री गर्ने भएको छ । बैंक संचालक समितिको गत शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो । धितोपत्र बोर्डले कानूनी व्यवस्था नभएको भन्दै बैंक अफ काठमाण्डूलाई थप नयाँ संस्थापक सेयर अर्थात एफपिओे जारी गर्न रोक लगाएको थियो ।



बैंकले फेस भ्यालु एक सय रुपैयाँमा १६६ रुपैयाँ प्रिमियम थपेर न्यूनतम २६६ रुपैयाँमा लिलामी गर्ने भएको हो । बैंकले ६१ लाख ५८ हजार ०६७ कित्ता थप संस्थापक शेयर लिलामी गर्ने जानकारी दिएको छ ।

जसका लागि बैंकले धितोपत्र बोर्डले तोकेको ढाँचामा विवरणपत्र तथा कागजपत्रहरु नियमनकारी निकायमा पेश गरेको जानकारी दिएको छ ।

यसअघि बैंकले प्रिमियम सहित प्रतिकित्ता ३१० रुपैयाँमा एफपिओ जारी गर्ने प्रस्ताव गरेको थियो । पहिला अगाडि सारेको योजना अनुसार बैंकले एफपिओ बिक्री गर्न नपाएपछि यसअघि नेपाल टेलिकमले अपनाएको प्रक्रिया जस्तैगरी थप संस्थापक शेयरको लिलामीबाट बिक्री गर्ने भएको हो । 

 

 

बैंकले यसअघि एक अर्ब ९० करोड ९० लाख ७७० रुपैयाँ बराबरको ६१ लाख ५८ हजार ०६७ कित्ता थप संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया थालेको थियो । धितोपत्र बोर्डले सूचिकृत कम्पनीहरुले संस्थापक थप नयाँ साधारण सेयर निष्काशन गर्ने सम्बन्धि प्रावधान नरहेकाले बैंक अफ काठमाण्डूलाई एफपिओ निष्कासनमा रोक लगाएको थियो ।

बैंकले संस्थापक तथा सर्वसाधारण शेयरधनीको पूँजी संरचना ५१ः४९ प्रतिशत कायम गर्नको लागि संस्थापक एफपिओ बिक्रीको योजना अघि सारेको थियो । अब यो प्रक्रिया लिलामीबाट अगाडि बढ्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।