हिमालयन बैंकका ५ नयाँ शाखा संचालनमा

Aug 20, 2017 merolagani

हिमालयन बैंक लिमिटेड (HBL) ले देशका विभिन्न पाँच स्थानमा मिति श्रावण २७ गते देखि आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कुल शाखा संख्या ४७ पुगेको छ ।



बैंकले लम्की (कैलाली), लमही (दाङ्ग), श्रीनगर (सल्यान), बर्दिवास (महोत्तरी) तथा हिले (धनकुटा)मा आफ्ना नयाँ शाखाहरुवाट कारोवार शुरु गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा दुई अर्ब १७ करोड ६४ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चुक्ता पूँजी ६ अर्ब ४९ करोड १६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २७ करोड ४४ लाख रुपैयाँ सञ्चित छ ।

बैंकले यसअवधिमा ९२ अर्ब ८८ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरेको ७७ अर्ब ६५ करोड ४९ लाख रुपैंया कर्जा प्रवाह गरेको छ ।

बैंकको निष्कृय कर्जा ०.८७ प्रतिशत, प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ५३ पैसा तथा प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ २५ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।