सिद्धाथै बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटल, सिद्धार्थ लगानी वृद्धि योजन–१ तथा सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम दुबै सामूहिक लगानी कोषको योजना व्यवस्थापक रहेको छ ।
क्यापिटलले असार मसान्तमा प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा पाँच अर्ब रुपैयाँको सिद्धार्थ लगानी वृद्धि योजनाको प्रतिइकाई खुद मूल्य २६ रुपैयाँ ९६ पैसा तथा एक अर्ब रुपैयाँको इक्विटी ओरियन्टेड स्कीमको प्रतिइकाई खुद मूल्य १५ रुपैयाँ ४० पैसा उल्लेख गरेको छ ।
सिद्धार्थ लगानी वृद्धि योजन–१ ले ७५ सुचीकृत संस्थाको ११ लाख ९४ हजार ४३९ कित्ता सेयरमा ८७ करोड ७३ लाख तीन हजार रुपैयाँ बराबरको लगानी गरेको छ । इक्विटी ओरियन्टेड स्कीमले ९५ सुचीकृत संस्थाको ४३ लाख २६ हजार ३६८ कित्ता सेयरमा ९९ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको लगानी गरेको छ । सिद्धार्थ लगानी वृद्धि योजना २०७४ पुस ९ गते तथा सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको २०७६ साउन ६ गते योजना समाप्त हुनेछ ।
सिद्धार्थ क्यापिटललाई इक्रा नेपालले फण्ड व्यवस्थापनको गुणस्तर मापनमा (एफएमक्युआर) एएमसी ३ प्लस (AMC3+) रेटिङ प्राप्त गरेको छ जुन नेपालका योजना व्यवस्थापकहरुले प्राप्त गरेको रेटिङ्गमध्ये उच्चतम रेटिङ्ग हो ।