मिशन दुई अर्ब : प्राइम लाइफले कति निष्काशन गर्ने भयो हकप्रद ?

Aug 21, 2017 Merolagani

संस्थागत सुशासनमा गडबडी भएपछि बीमा समितिको कारबाहीमा परेर सुधारिएको प्राईम लाईफ ईन्स्योरेन्स (PLIC) ले एकै पटक चुक्ता पूँजी एक अर्ब ५८ करोड नघाउने भएको छ । चार आर्थिक वर्षको बक्यौता साधारण सभा मार्फत उसले बोनस र हकप्रदबाट चुक्ता पूँजी तीन गुणाभन्दा बढीले वृद्धि गर्न लागेको हो ।

प्राइम लाइफले आर्थिक वर्ष २०६९/०७०, २०७०/०७१, २०७१/०७२ र २०७२/०७३ गरी चार आर्थिक वर्षको साधारण सभा बोलाएको हो । उसले चार आर्थिक वर्षको सञ्चित मुनाफाबाट २५ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव पारित गर्दैछ । बोनसमा लाग्ने कर प्रयोजनका लागि इन्स्योरेन्सले ५७ लाख २८ हजार ९८२ रुपैंया नगद लाभांस पनि बितरण गर्दैछ ।

जीवन बीमा कम्पनीले पुर्याउनु पर्ने पूँजी बिस्तारका लागि प्रस्तावित बोनस बितरण पश्चात कायम हुने पूँजीको एक सय ६० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पनि साधारण सभाले पारित गर्दैछ । भदौ २७ गतेका लागि साधारण सभा बोलाएको इन्स्योरेन्सले भदौ १४ गते सेयरधनी पुस्तिका बन्द गर्दैछ । भदौ १३ गतेसम्म इन्स्योरेन्सको सेयर किन्नेले मात्र प्रस्तावित बोनस पाउने छन् । यो बुकक्लोजले हकप्रद सेयरका लागि हैन ।

अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४८ करोड ८१ लाख ६० हजार रुपैंया छ । प्रस्तावित बोनस बितरण पश्चात उसको चुक्ता पूँजी ६१ करोड दुई लाख रुपैंया पुग्नेछ । इन्स्योरेन्सले बोनस पछि कायम हुने पूँजीको एक सय ६० प्रतिशतले हुने ९७ करोड ६३ लाख २० हजार रुपैंयाको हकप्रद निष्काशनको प्रस्ताव साधारण सभामा लगेको हो । प्रस्तावित हकप्रद निष्काशन पश्चात पश्चात प्राइम लाइफको चुक्ता पूँजी एक अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैंया पुग्नेछ ।

गत आर्थिक वर्षको कमाईबाट बोनस बितरण गरेर इन्स्योरेन्सले चुक्ता पूँजी दुई अर्ब नजिक पुर्याउने छ । चाहेको खण्डमा उसले जगेडा कोषमा रहेको झण्डै ९० करोड रुपैंयाको सदुपयोग गर्दै चुक्ता पूँजी दुई अर्ब पुर्याउन सक्छ । यस क्रममा कम्पनीको प्रतिसेयर आम्दानी, नेटवर्थ लगायत सुचकमा भारी मात्रामा गिरावट आउने निश्चित छ ।

प्राईम लाईफका तत्कालीन प्रमुख कार्यकारी अधिकृत रेष्टा झाले भ्रमण खर्चमा बदमासी गरेपछि कम्पनी बीमा समितिको कारबाहीमा परेको थियो । भ्रष्टाचार भएको रकम असुली गरिएपछि उसलाई बीमा समितिले कारबाही फुकुवा गरी बक्यौता चार आर्थिक बर्षको बित्तीय बिबरण स्वीकृत गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।