लघुवित्तको भन्दा कमजोर प्रदर्शन गर्ने एउटा वाणिज्य बैंकको तथ्य हेरौं

Aug 21, 2017 Merolagani

गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विबरण निकाल्ने क्रममा एउटा वाणिज्य बैंकले केही लघुवित्त कम्पनीको भन्दा कमजोर प्रदर्शन गरेको छ । साना कम्पनीलाई धमाधम आफुमा मिसाउँदा जगेडा कोषको आकार फराकिलो अन्तरले बढाए पनि बैंकको कमाई भने वाणिज्य बैंकहरुमा थोरै कमाउनेको दोस्रो स्थानमा परेको छ ।

सेञ्चुरी कमर्शियल बैंक (CCBL) ले गत आर्थिक वर्षमा केही लघुवित्त कम्पनीको भन्दा थोरै कमाई भएको वित्तीय बिवरण निकालेको हो । गत आर्थिक वर्षमा सबैभन्दा थोरै कमाई गर्ने बैंकको पहिलो स्थानमा सिभिल बैंक रहेकोमा सेञ्चुरीले दोस्रो स्थानमा कब्जा जमाएको हो । उसले गत आर्थिक वर्षमा ४४ करोड ७४ लाख ९९ हजार रुपैंया खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको वित्तीय विबरण हेर्दा निर्धन उत्थान लघुवित्तले ५८ करोड रुपैंया खुद नाफा गरेको छ । यस आधारमा सेञ्चुरीको प्रगति सुस्त देखिएको हो । अघिल्ले आर्थिक वर्षमा ४१ करोड ३५ लाख ३४ हजार रुपैंया खुद नाफा गरेको बैंकले साढे तीन करोड हाराहारीमा मात्र कमाई बढाउन सकेको हो ।

साना वित्तीय संस्थालाई धमाधम आफुमा विलय गरेर आठ अर्ब पूँजी पुर्याउने क्रममा रहेको बैंकको जगेडा कोषको आकार भने झण्डै एक अर्ब रुपैंयाले बढेको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा १९ करोड रुपैंया रहेको जगेडा कोषमा अहिले एक अर्ब १८ करोड ७७ लाख रुपैंया सञ्चित छ ।

प्रतिसेयर आम्दानी आठ रुपैंया २० पैसा हुँदा जगेडामा आएको तिब्र सुधारले प्रतिसेयर नेटवर्थ १२१ रुपैंया ७५ पैसा कायम भएको छ । उसको निष्कृय कर्जा अनुपात भने ०.२२ प्रतिशतबाट बढेर १.१५ प्रतिशत पुगेको छ ।
बैंकले निक्षेप तथा कर्जा परिचालनको आकार भारी मात्रामा बढाएर खुद व्याज आम्दानी पनि सोही अनुपातमा बढाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा धेरै रकम प्रोभिजन गर्नु तथा राइट व्याकको आकार भारी मात्रामा घट्नुले खुद नाफा अपेक्षित रुपमा बढ्न नसकेको हो ।

अहिले ४० प्रतिशत हकप्रद निष्काशन गरिरहेको बैंकले १७ करोड हाराहारीको बोनस बितरण गर्दा पनि चुक्ता पूँजी आठ अर्ब माथि हुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।