साधारणसभाका लागि बुकक्लोज गर्ने बाणिज्य बैंकमा पहिलो भयो सिटिजन्स् बैंक

Aug 21, 2017 merolagani

सिटिजन्स् बैंक इन्टरनेशनल(CZBIL) वाणिज्य बैंकमध्येमा गत आर्थिक बर्षको साधारण सभाका लागि सेयरधनी किताब बन्द गर्ने पहिलो बैंक बनेको छ । बैंकले आगामी साधारणसभाका लागि भदौ १२ गतेदेखि १६ गतेसम्म पाँच दिन सेयरधनी किताब बन्द गर्ने भएको हो ।

१६ प्रतिशत बोनश तथा एक प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको छ ।

यसअनुसार भदौं ११ गतेसम्म सेयर किनेर सेयरधनी कायम भएका लगानीकर्ताले प्रस्तावित बोनस प्राप्त गर्नुका साथै आगामी साधारण सभामा भाग लिन पाउनेछन् । बैंकले साधारण सभाकाे मिति भने तय गरेको छैन ।  

सिटिजन्स्  बैंक गत बर्षको कमाइबाट लाभांश घोषणा गर्ने दोस्रो बैंक बनेको थियो । यसअघि एनअार्इसी एशिया बैंकले २० प्रतिशत बाेनस घाेषणा गर्दे पहिलाे बाेनस उद्घाेष गर्ने बैंक बनेकाे थियाे ।  

सिटिजन्स बैंकको आठ अर्ब लक्ष्य,कति प्रस्ताव गर्यो बोनस ?

बैंकको चुक्ता पूँजी छ अर्ब ९२ करोड १६ लाख रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको बोनश वितरणपश्चात  चुक्ता पूँजी आठ अर्ब दुई करोड ९० लाख रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षमा एक अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४८ पैसा कायम गरेको थियो । गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार बैंकको जगेडाकोषमा दुई अर्ब ५२ करोड रुपैयाँ रहको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।