ज्योति विकास बैंकको विशेष साधारण सभाले के गर्यो निर्णय ?

Aug 21, 2017 Merolagani

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने क्रममा रहेको ज्योति विकास बैंकले राप्ती भेरी विकास बैंकलाई विलय गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न बैंकको विशेष साधारण सभाले राप्ती भेरीलाई एक बराबर एक स्वाप रेसियो अनुपातमा एक्वायर गर्ने प्रस्ताव पारित गरेको हो ।

दुबै दुवै बैंकबिच भएका एक्विजिसन सम्बन्धी सम्पूर्ण सहमति र सम्झौतापत्रहरु अनुमोदन गरी बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।

शतप्रतिशत हकप्रद बिक्रीपछि ज्योतिको चुक्ता पूँजी दुई अर्ब २० करोड ८६ लाख रुपैयाँ पुगेको छ । राप्तीभेरीको चुक्ता पुँजी १५ करोड ७० लाख ६४ हजार रुपैयाँ रहेको छ । एक्विजिसन पछि बन्ने बैंकको चुक्ता पूँजी दुई अर्ब ३५ करोड नाघ्नेछ ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट बोनस बितरण गरेर चुक्ता पूँजी अढाई अर्ब रुपैंया पुर्याउने छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।