नेको इन्स्योरेन्सले प्रस्ताव गर्यो बोनस, कति पुग्छ पूँजी ?

Aug 21, 2017 merolagani

नेको इन्स्योरेन्स कम्पनी (NIL) ले १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । इन्स्योरेन्स सञ्चालक समितिको भदौ ४ गते सम्पन्न सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेको इन्स्योरेन्सले प्रस्ताव गरेको बोनस कम्पनीको आगामी साधारणसभा तथा बीमा समितिले वितरणका लागि स्वीकृती प्रदान गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् । प्रस्तावित बोनस बितरण पश्चात नेकोको चुक्ता पूँजी ७८ करोड ४१ लाख ८४ हजार रुपैंया पुग्नेछ । बीमा समितिले तोकेको एक अर्ब पूँजी पुर्याउन इन्स्योरेन्सले थप २२ करोड रुपैंया पूँजी बिस्तार गर्नु पर्छ ।

७१ करोड २८ लाख ९५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको नेकोले गत आर्थिक बर्षमा २१ करोड ८७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २९ रुपैयाँ ४६ पैसा कायम गरेको छ । कम्पनीको जगेडाकोषमा २३ करोड ६० लाख र बीमा कोषमा २८ करोड ५१ लाख रुपैयाँ सञ्चित रहेको छ भने प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ११ पैसा रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।