सम्झौता अनुसार सानिमा बैँकका सम्पूर्ण शाखा मार्फत एभरेष्ट इन्स्योरेन्स कम्पनीको निर्जिवन वीमा सेवा ग्राहकलाई उपलब्ध हुनेछ ।
सो क्रममा सानिमा बैँकका नायव प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले सम्झौताले सानिमा बैँकलाई आफ्ना ग्राहकका सम्पूर्ण निर्जिवन वीमा सम्बन्धी आवश्यकता सम्बोधन गर्न सहयोग हुने भन्दै बैँकले आगामी दिनमा अझ बढी उत्कृट सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले यस सम्झौता मार्फत सानिमा बैँकका ग्राहकलाई उत्कृष्ट निर्जीवन वीमा सेवा उपलब्ध गराउने बताए ।