बैंकको हकप्रद शेयर जेठ १५ गतेसम्म कायम भएका शेयरधनीले १० कित्ता शेयर बराबर नयाँ १.२ कित्ताको दरमा आवेदन दिन सक्नेछन्।
बैंकले हकप्रद प्रयोजनका लागि गत जेठ १६ गते सेयरधनी पुस्तिका बन्द गरेको थियो । जेठ १५ गतेसम्म कायम सेयरधनीले मात्र बैंकको हकप्रदमा आवेदन गर्न पाउने छन् ।
बैंकको हकप्रदमा माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट तथा यसका सम्पुर्ण शाखा कार्यालय र एनएमबी क्यापिटल नागपोखरीबाट आवेदन दिन सकिनेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले रहेको छ ।
बैंकको चुक्ता पूँजी ६ अर्ब ५९ करोड छ । हकप्रदपछि ७ अर्ब ३९ करोड रुपैयाँ पुग्नेछ । बैकले ८ अर्ब चुक्ता पूँजी पुर्याउन अपुग रकम बोनसबाट जुटाउने देखिन्छ।
बैंकले गत आर्थिक बर्षमा एक अर्ब ३० करोड रुपैयाँ नाफा गरेको थियो ।
माछापुच्छ्रे बैंकले पनि बलियो बनायो आफ्नो आधार