कालीका माईक्रोक्रेडिट लघुवित्तको प्रतिसेयर आम्दानीमा भारी गिरावट

Aug 23, 2017 merolagani

अघिल्लो आर्थिक बर्षमा ६५ प्रतिशत बोनस वितरण गरेको कालीका माईक्रोक्रेडिट लघुवित्त (KMCDB) को प्रतिसेयर आम्दानीमा भारी मात्रामा गिरावट आएको छ । अधिल्लो बर्ष ५२ रुपैयाँ ८२ पैसा प्रतिसेयर आम्दानी कायम गरेको कम्पनीको गत बर्षमा झण्डै २६ रुपैयाँले घटेर २७ रुपैयाँ ०२ पैसामा झरेको हो ।

कालीका माईक्रोक्रेडिटको पूँजी बढे अनुपातमा नाफा बढ्नपर्नेमा उल्टै घट्नु, अन्य सञ्चालन खर्चमा उच्च वृद्धि र कर्मचारी खर्च बढ्दै जानु नै कम्पनीको प्रगतिमा ब्रेक लगाउने मुख्य आधार बनेको छ । 

लघुवित्तको खुद नाफामा गत आर्थिक बर्ष १५.५७ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आर्थिक बर्षमा दुई करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तको गत बर्षमा ४१ करोडले खुद नाफा घटेर दुई करोड २२ लाख रुपैयाँमा सिमित हुन पुगेको छ ।

पाँच करोड २७ लाख रुपैयाँ जगेडाकोषमा सञ्चित राखेको लघुवित्तको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ९२ पैसा रहेको छ । निष्कृय खराब कर्जा १.५२ प्रतिशतमा घटाएको कम्पनीको पूँजीकोष प्रयाप्तता २०.५४ प्रतिशत र मूल्य आम्दानी अनुपात ६८.३८ गुणा रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ३२ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन तथा ७६ करोड ९० लाख रुपैयाँ कर्जा परिचालनबाट सात करोड १६ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएको छ । लघुवित्तको सञ्चालन आम्दानी तीन करोड ७७ लाख रुपैयाँबाट घटेर तीन करोड चार लाख रुपैयाँमा झरेको हो । त्यस्तै अन्य सञ्चालन खर्च एक करोड ४० लाख रुपैयाँले बढेपछि कम्पनीको प्रगतिमा ब्रेक लागेको हो ।

कम्पनीले संभावित जोखिम बापत कोषको रकम दोब्बरले बढेर एक करोड एक लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा ५७ लाख व्यवस्था गरेको थियो ।कम्पनीले ४५ लाख ४७ हजार रुपैयाँ संभावित जोखिम कोषबाट फिर्ता गरेको छ । 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।